LISTEN LIVE RADIO

देउखुरीकाे मनिकापुरमा आगलागी हुँदा २ घर गोठ जलेर खरानी, ९ लाख बराबरकाे क्षती



देउखुरीकाे मनिकापुरमा आगलागी हुँदा २ घर गोठ जलेर खरानी, ९ लाख बराबरकाे क्षती

गढवा ६ वैशाख । देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर खरानी भएका छन् ।सोमवार बेलुकी साढे ५ बजे गोठबाट एक्कासी सल्केको आगोले स्थानीय शोभाराम घर्ती मगर, कमल घर्ती मगर, खिमबहदुर घर्ती मगर र हेमबहादुर घर्ती मगरको घर तथा गोठमा आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।  आगलागीबाट ९ लाख बराबरकाे क्षती भएकाे प्रहरीले बताएकाे छ । आगोलाइ गढवा गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे