स्वास्थ्य र पशुको औषधी अभाब १५ दिन भित्र सुल्झाउने अधिकृत डाँगीको दाबी



स्वास्थ्य र पशुको औषधी अभाब १५ दिन भित्र सुल्झाउने अधिकृत डाँगीको दाबी

वैशाख ४ लमही । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले पशु तथा स्वास्थ क्षेत्रमा देखिएको औषधी अभाबको समस्या अबको १५ दिन भित्रमा सुल्झाउने बताएका छन् ।

देउखुरी टुडे लमहीका मुख्य समाचारदाता श्रवण बस्नेत संगको टेलिफोनमा कुरा गर्दै यस्तो बताएका हुन् । म पुन लमही नगरपालिकामा हाजिर भएको पनि भर्खरै हो, अबको १५ दिन भित्र दुई वटै ठाउँमा सुधार भएको महशुल दिलाउने उनले बताए । लमही नगरपालिकाद्वारा संचालित पशुसेवा कार्यालय शाखा लमही र नागरिक आरोग्य केन्द्र लमहीमा औषधीको अभाव भएको छ ।

६ महिना पहिले देखि नगरपालिकाको खरिद प्रकृया तथा नगरपालिकामा देखिएको बिबादका कारण यस्तो भएको हो । लामो समय देखि पशुसेवा कार्यालयमा सामान्य किटनाशक औषधी, भिटामिन, जुका मार्ने औषधीको अभाब छ ।

भने आरोग्य केन्द्रमा ढाँड दुख्ने तेलको अभाव छ । यी सेवा निशुल्क रुपमा पाइने औषधी हो । पशुसेवा कार्यालयमा औषधी नपाउँदा स्थानीयबासिन्दाले लमहीका एग्रो भेटहरुमा १० र १०० रुपैयाँमा पाउने तेललाई लमही बजारमा ५०÷२५० रुपैयाँ चर्काे मूल्य हालेर भए पनि प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे