दाङका पत्रकार प्रियासन राष्ट्रपतिबाट विभुषित



दाङका पत्रकार प्रियासन राष्ट्रपतिबाट विभुषित

दाङ १ वैशाख । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रेस चौतारीका लुम्बिनी प्रदेश इञ्चार्ज एवम् नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकार बिभुषित भएका छन् ।

यही वर्ष संविधान दिवसको अअवसरमा विभुषित गर्ने निर्णय भए पनि कोरोना भाइरस महामहारीका कारण रोकिएको थियो । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गरिएको हो । प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक÷सम्पादक छन् ।

पत्रकार महासंघ दाङको दुई कार्याकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गर्नुभएका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिन्छन् । भर्खरै पत्रकार महासंघको अध्यक्षमा उनको कार्यकाल सकिएर निर्वाचन मार्फत नयाँ नेतृत्व आइसकेको छ ।

उनी उपन्यासकार समेत हुन् । प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे