दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्यमा चर्काे वृद्धि



दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्यमा चर्काे वृद्धि

देउखुरी १ वैशाख । दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्यमा मुल्यमा चर्काे वृद्धि भएकाे छ ।  देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा बुधवार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य बढाएको छ ।

अव तयारी ब्रोइलर खोर काटा प्रती केजी २६० २५० रूपैयाँ, बजार काटा प्रती केजी २७० २६० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३८० ३७० रूपैयाँ कायम गरेको छ । यस अघि तयारी ब्रोइलर खोर काटा प्रती केजी २५० रूपैयाँ, बजार काटा प्रती केजी २६० रूपैयाँ र फ्रेस मासु प्रती केजी  ३७० रूपैयाँ रहेकाे थियाे । देउखुरीमा कुखुरा कम र माग बढी भएकोले मुल्य बढाउनु परेको समुहका प्रवक्ता तथा कोषाध्यक्ष प्रकाश पोख्रेलले जानकारी दिएका छन् ।

साथै प्रवक्ता पोख्रेलले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान, मासु ब्यबसायी,लगाएत आमउपभोक्ताहरुमा अनुरोध गरेका छन् ।

बैठकमा समुहका उपाध्यक्ष खिमा भण्डारी, सचिव पहलमान चौधरी ( अनुप ), कोषाध्यक्ष तथा प्रवक्ता प्रकाश पोख्रेल, सहसचिव जिबराज भट्टराई, सदस्य वसन्त थापा, मधु खड्का, तिलबहादुर डाँगी, बिश्वराज श्रेष्ठ, सुर्यनारायण चौधरी, टेकबहादुर पुन, दुर्गा सार्की र अरुणा केसीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे