प्युठानमा आगलागीमा परी २ बालबालिकाको मृत्यु



प्युठानमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

प्युठान २५ चैत्र । प्युठानको गौमुखी गाउँपालिका –३ रजवारामा बुधबार आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिएका छन्।

घरमा अभिभावक नभएको बेला आगलागी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक देवीप्रसाद गैरेले घटनाका बारेमा अनुसन्धान थालिएको बताए । सुक्खा मौसममा आगलागीका घटना बढेको छ । देशका विभिन्न स्थानमा आगलागीका घटना बढेसँगै जनधनको क्षति उल्लेख्य रुपमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे