जनता आधारभुत विद्यालय करङ्गेकोटमा विद्यालय व्यवस्थापन सुधार कार्यक्रम सम्पन्न



जनता आधारभुत विद्यालय करङ्गेकोटमा विद्यालय व्यवस्थापन सुधार कार्यक्रम सम्पन्न

सिसहनियाँ २० चैत्र । राप्ती गाउँपालिका ५ करङ्गेकोटको जनता आधारभुत विद्यालयमा शिक्षक अभिभावक अन्तरक्रिया तथा विद्यालय व्यवस्थापन सुधार कार्यक्रम सम्पन्न भएको छ । शान्ति गृह नेपाल सानेपा ललितपुरको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयको वतृमान अवस्था, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको काम कर्तव्यका बारेमा छलफल गरिएको थियो । शिक्षक, विद्यार्थी र अभिभावकहरुको त्रिकोणात्मक सम्बन्ध समधुर भएमात्र विद्यालयको शैक्षिक अवस्था राम्रो हुने सहभागीहरुले बताएका थिए ।

२५ जनाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण शान्ति गृह नेपालका तालिम संयोजक प्रकाश विक र साहायक जिल्ला संयोजक बुद्धि तामाङले गरेका थिए । यसै बीच सोही संस्थाकै आयोजनामा पहिलो चरणको प्रारम्भिक बाल विकास तालिम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे