LISTEN LIVE RADIO

दाङमा सहकारी हिनामिनाको घटना बढ्दै, साविक महाप्रभु सहकारीका कर्मचारी राना पक्राउ



दाङमा सहकारी हिनामिनाको घटना बढ्दै, साविक महाप्रभु सहकारीका कर्मचारी राना पक्राउ

भालुवाङ २० चैत्र । सहकारी संस्थाको रकम अपचलन तथा हिनाहिना गरेको आशंकामा दाङ प्रहरीले एक जना कर्मचारीलाई पक्राउ गरेको छ । साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका २ लालमटिया तथा हालको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको शाखा कार्यालयबाट रकम हिनामिना गरेको आशंकामा सोही संस्थाका कम्प्युटर अपरेटर विक्रम रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

४ वटा सहकारी संस्थाहरु मर्च भएर भर्खरै बनेको देउखुरी बचत तथा ऋण सहकारीमा हिसाव किताव मिलानका गर्ने क्रममा सप्टवयेरमा हिसाव नदेखिएपछि रकम अपचलन गरेको आशंका लागेर उजुरी हालेको संस्थाका अध्यक्ष शिवध्वज मल्लले जानकारी दिएका छन् । तर ठ्याक्कै हिनामिना भएको भन्ने प्रमाणित भने भएको छैन । हिसाव तलमाथि भएको पाइएपछि अनुसन्धानका लागि प्रहरीमा उजुरी परेको हो ।

सहकारी संस्थाले यस विषयलाई आन्तरिक रुपमा अनुसन्धान समेत थालेको छ । रुक्मांगत ज्ञवालीको संयोजकत्वमा छानवीन समिति समेत गठन गरिएको छ । सहकारी रकम हिनामिना भए नभएको विषयमा जिल्ला प्रहरी कार्यालय दाङले म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।

यता लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा रहेको वनगाउँ बचत तथा ऋण सहकारी संस्थामा पनि रकम हिनामिना भएको छ । संस्थाको कार्यालय बन्द अवस्थामा छ । बचतकर्ताहरु रकम झिक्न पाएका छैनन् । सहकारी संस्थाका अध्यक्ष रिक्की गिरी सम्पर्कमा नरहेको र आफुहरुको बचत रकम फिर्ता पाउनुपर्ने माग राख्दै प्रहरी कार्यालय धाउन थालेका छन् ।

बिहिवार पनि बचतकर्ताहरु वडा प्रहरी कार्यालय लमही गएका थिए तर निवेदनको ढाँचा नमिलेको भन्दै पुन निवेदन लेखेर आउन भनेपछि फर्किएको पाइएको छ । सहकारीमा ६० देखि ७० लाख हिनामिना भएको हुन सक्ने आशंका गरिएको छ । यस अघि प्रभात बचत तथा ऋण सहकारी संस्थामा सिसहनियाँमा पनि रकम हिनामिना गरेको भन्ने विषयमा मुद्दा परेको थियो ।

सो मुद्दामा संस्थाका व्यवस्थापक रमिता चौधरीलाई अदालतले दोषी ठहर गरी ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ बराबरको बिगो सहित ३ वर्ष १ महिना कैदको फैसला गरेको छ । पछिल्लो समय संचालक र कर्मचारीबाटै सहकारीको रकम हिनामिना र अपचलन गरी फरार हुने घटना बढ्दै गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे