लमही नगरपालिकाका १२ जना जनप्रतिनीधिहरुद्धारा विषयगत समितिबाट सामुहिक राजिनामा



लमही नगरपालिकाका १२ जना जनप्रतिनीधिहरुद्धारा विषयगत समितिबाट सामुहिक राजिनामा

लमही २० चैत्र । दाङ देउखुरीको लमही नगरपालिकामा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू आन्दोलित भएका छन् । नगरपालिकामा विवादित प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई बिहिवार नगरपालिकाको चोर बाटो बाट छिराएर उपस्थित गराएपछि आज १२ जना जनप्रतिनीधिहरुले विषयगत समितिबाट सामुहिक राजीनामा दिएका छन् ।

वडा अध्यक्ष सहित बनेको १९ जना कार्यपालिका सदस्य मध्ये १३ जना विरोधमा उत्रियका छन् । शुक्रवार तेस्रो दिन पनि उनीहरु नगरपालिकाको मुल गेटमा धर्ना दिदा समेत कुनै सुनुवाई नभएपछि आज विषयगत समितिबाट उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।

राजिनामा दिदै उनीहरुले तुरुन्त कार्यपालिकाको पुर्ण बैठक बसाल्न माग पनि गरेका छन् । आफुहरुको माग यति गर्दा पनि पुरा नभए आन्दोलन लाई अझ ससक्त बनाउने र जनता माझ जाने बताएका छन् । विरोध समितिका संयोजक तथा ८ नम्बर वडा अध्यक्ष मेघनारायण चौधरीले नगर प्रमुख कुलबहादुर केसीलाई राजिनामा दिएका थिए ।

राजिनामा बुझ्दै केसीले प्रमुख प्रशासकीय अधिकृत कसलाई ल्याउने भन्ने अधिकार नगर प्रमुखमा रहेको बताए । अधिकृत ल्याउने विषयमा कार्यपालिका बैठक राखेका बेला अधिकाशं कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले मौन सहमती जनाएको भएपनि अहिले विरोध गर्नु कुनै औचित्य नभएको बताए । साथै उनले छिटै नै छलफल र वार्ताका माध्यमबाट समस्याको समाधान हुने पनि बताएका छन् ।

डाँगीले विभिन्न परियोजनामा घोटला गर्ने, योजना पूरा नहँुदै भुक्तानी दिइहाल्ने, १४ रुपैयाँको औषधी २८ रुपैयाँमा आएको टेन्डर पास गरिदिने, हुँदा हुँदा घुस खाने जस्ता आरोप विरोधमा उत्रिएका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको आरोप छ । डाँगी यस अघि लमही नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । विभिन्न परियोजनामा घोटला गर्न थालेपछि बहुमत पालिका सदस्यहरुले त्यहाँबाट हटाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे