सरुमारानी गाउँपालिकामा पर्यटन प्रवद्र्वन र बिकास निर्माण सम्बन्धी अन्तरक्रिया



सरुमारानी गाउँपालिकामा पर्यटन प्रवद्र्वन र बिकास निर्माण सम्बन्धी अन्तरक्रिया

प्यूठान ८ चैत्र । पर्यटन प्रवद्र्वन र बिकास निर्माणमा लेखक स्तम्भकारहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम प्यूठान ढुङ्गेगढीको रानीकुवा शान्तिपार्क स्थित योगा हलमा सम्पन्न भएको छ । नेपाल स्तम्भकार समाज दाङको आयोजना तथा सरुमारानी गाउँपालिका प्यूठानको सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष केबी मसालले गरेका थिए ।

नेपाल स्तम्भकार समाज दाङले लेखनको माध्यमबाट स्थानीय पर्यटन प्रवद्र्वन र बिकासमा योगदान पु¥याउन सकिन्छ भन्ने आधारमा बिगत देखि यस्ता कार्यक्रम गर्दै आएको जानकारी केबी मसालले बिषय प्रवेशमा दिएका थिए । प्रमुख अतिथी एवं गाउँपालिकाका अध्यक्ष झकबहादुर बिक रहेकोे कार्यक्रममा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत चिन्तामणि रेग्मीले गाउँपालिकाको बिकास निर्माण र गतिविधिबारे भिडियो प्रस्तुति राखेका थिए ।

गाउँपालिकाका ६ वडा मध्ये पाँच वडा अध्यक्षहरु, सबै वडाका जनप्रतिनीधिहरु, विद्यालयका प्रअहरु, कर्मचारीहरु, संघसंस्थाका प्रतिनीधि र समाजसेवीहरुको सहभागितामा सञ्चालित कार्यक्रममा सम्पूर्ण व्यवस्थापनको चाँजोपाँजो मिलाएर सहायक प्रशासकीय अधिकृत लक्ष्मण आचार्यले सहयोग गरेका थिए । समाजका कोषाध्यक्ष लालमणि पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा खुला छलफल पछि, शिक्षा क्षेत्रको तर्फबाट निर्मल शर्मा, वडा नं. ४ का अध्यक्ष चिन्ताबहादुर सोमई, वडा अध्यक्ष भीमबहादुर मस्र्याङ्दी, टाइम कमर्सियल बैंकका प्रमुख सुदिप पौडेल र विशिष्ठ अतिथी गापाका उपाध्यक्ष मीना सोमईले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्थानीय पाठ्यपुस्तक तयार गर्ने, वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरुलाई रोजगार मूलक कार्यक्रम ल्याउने, यस वर्ष ८० जना लघु उद्यमी उत्पादन गर्ने, छोरीको विवाह बचत कार्यक्रम, घर घरमा गर्भ जाँच, विद्यार्थी याताया कार्यक्रम, निजी स्रोतमा ६३ जना शिक्षक गापाले व्यवस्था गरेको र सरुमारानी गापामा रहेका अथाह धार्मीक, सांस्कृतिक, ऐतिहासिक, भाषिक(कुसुण्डा लगायत), पूरातात्वीक, बाईसे चौबिसे राज्यको पालाका गढी किल्ला र मूल्य मान्यताहरुको प्रस्तुतिले कार्यक्रमको सान्दर्भिकता बढाएको थियो । समापन पूर्व समाजका उपाध्यक्ष नीमबहादुर थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन समाजका सचिव पद्मप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे