LISTEN LIVE RADIO

घोराही उपमहानगरपालिकाद्वारा १५ दिन भित्र दर्ता र नविकरण गर्न अटोहरुलाई समय



घोराही उपमहानगरपालिकाद्वारा १५ दिन भित्र दर्ता र नविकरण गर्न अटोहरुलाई समय

घोराही ६ चैत । घोराही उपमहानगरपालिकाले अटो तथा विद्युतिय रिक्साहरुलाई १५ दिन भित्र दर्ता र नविकरण गर्न समय दिएको छ । अटो रिक्सा व्यवस्थापन समितिको बैठकले अव्यवस्थितरुपले अटो तथा विद्युतिय रिक्साहरु सञ्चालनमा रहेको निष्कर्ष निकाल्दै १५ दिन भित्र नगरमा नयाँलाई दर्ता र पुरानालाई नविकरण गर्न समय दिएको हो ।

दर्ता भएका अटोहरुको नविकरण न्यून रहेको भन्दै नविकरण गर्न र नयाँलाई अनिवार्यरुपमा पहिले प्रालीमा आबद्ध भई सिफारिस पत्र लिएर दर्ता प्रकृयामा आउन १५ दिनको समय दिने निणर्य भएको राजश्व शाखा प्रमुख कृष्णकुमार केसीले जानकारी दिएका छन । समितिका संयोजक एवं नगर उपप्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतमा जनप्रतिनिधी, ट्राफिक प्रहरी र अटो प्रालीका प्रतिनिधी सहितको बैठकले नगर क्षेत्रमा आबस्यकता भन्दा बढी अटोहरु भित्रिएको निश्कर्ष निकाल्दै रुट परमिट रोक्न यातायात व्यवस्था कार्यालय तुलसीपुरलाई पत्राचार गर्ने निणर्य समेत गरेको छ ।

साथै उपमहानगरले ३ दिन भित्र अटो तथा बिद्युतिय रिक्साहरुका प्रालीहरुलाई अटो सञ्चालकहरुको बिबरण पेश गर्न समेत आग्रह गरेको छ । यसैगरी नगरले तोकेका पार्किङ स्थलमा मात्रै अटोहरु रोक्न सचेत गराएको छ । अटेरी गरे पहिलो चरणमा सचेत पार्ने, दोस्रो पटक अटेरी गरे एक सय रुपैयाँ जरिवाना गर्ने र अपुग पार्किङ स्थलको खोजी गर्ने निणर्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे