LISTEN LIVE RADIO

दंगीशरण पोलिक्लिनिकद्वारा स्वास्थ्य निःशुल्क शिविर



दंगीशरण पोलिक्लिनिकद्वारा स्वास्थ्य निःशुल्क  शिविर

तुलसीपुर ६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क स्थित दंगीशरण पोलिक्लिनिकले निःशुल्क स्वास्थ्य शिविर तथा सिकलसेल एनिमिया सम्बन्धि सचेतना प्रदान गरेको छ । पोलिक्लिनिकले दंगीशरण गाउँपालिका वडा नं. ५ सलौरामा उक्त शिविर भएको हो ।

शिविरबाट ७२ जनाले स्वास्थ्य सेवा लिएका थिए, भने १२० जना सचेतना कार्यक्रममा सहभागिता जनाएको अध्यक्ष जीवराज चौधरीले बताए । डा. राजेश्वर अर्याल, विएमएलटी मिनराज न्यौपाने , विएएमसका विद्यार्थी युवराज चौधरी र भानु धिताल, डेन्टल विनय चौधरी, ल्याब नरेश चौधरीलगायतले स्वास्थ्य परीक्षण गरेका थिए । युनिक फार्मास्युटिकर एमआर गिरीराज भण्डारीले सहयोग गरेका थिए । कार्यक्रममा वडाध्यक्ष दीपक गौतम लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे