आदर्श माबि देउपुरकाे नयाँ प्रअमा : पाैडेल



आदर्श माबि देउपुरकाे नयाँ प्रअमा : पाैडेल

लमही ५ चैत । देउखुरीकाे लमही नगरपालिका ६ देउपुरमा रहेकाे  आदर्श नमुना माबिमा नयाँ प्रअकाे रुपमा कुलचन्द्र पाैडेलले बिहिवार देखि पद सम्हालेका छन् । तेस्रो प्रअकाे रुपमा पाैडेल रहेका छन् । पहिलेका प्रअ शिबहरि पोख्रेलले विद्यालयमा अत्यधिक चाँप भएको, कार्य संम्पादन गर्न कठिनाइ भएको भन्दै पदबाट राजिनामा दिएपछि उनको ठाउँमा नयाँ प्रअ पाैडेल आएका हुन् ।

उनले उक्त  विद्यालयमा भर्खरै मात्रै सरुवा भएर साे विद्यालयमा आएका थिए । लामाे समय सरस्वती माबि गाेवरडिहामा प्रअकाे जिम्मेवारी कुसल्ता पुर्बक बहन गरेकाे र अनुभवी भएकाले पनि  पाैडेललाई प्रअकाे जिम्मेवारी दिइएको हाे । पहिलेका प्रअ शिबहरि २०७५ असाेज देखि जिम्मेवारी निर्बाह गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे