LISTEN LIVE RADIO

प्राकृतिक स्रोत साधनको संरक्षणमा ध्यान दिनै पर्छ : सांसद शर्मा



प्राकृतिक स्रोत साधनको संरक्षणमा ध्यान दिनै पर्छ : सांसद शर्मा
लमही ५ चैत्र । लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले प्रकृतिलाई मानवीय क्रियाकलापका कारण चुनौती थपिदा विभिन्न प्राकृतिक जोखिमहरु निम्तन थाल्नु चिन्ताको बिषय भएको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले राप्ती नदी प्रणालीमा आधारित जलाधार व्यवस्थापन योजना तर्जुमा सम्वन्धी छलफल कार्यक्रमलाई बिहिवार लमहीमा सम्वोधन गर्दै उनले प्राकृतिक स्रोत साधनको संरक्षणमा सरकारले ध्यान दिएको बताए । चुरे क्षेत्रका मानव वस्ती पहिरो र भूक्षयको जोखिममा छन् । यती मात्रै होइन तराई क्षेत्रका वस्तीहरु बाढी र डुवानको चपेटामा छन् । उनले भने–‘प्रकृतीलाई असर पार्ने काम कहीं कतैबाट हुनुहुदैन भन्ने मान्यत हामी सबैले लिनुपर्छ ।’
लमही नगरपालिकाकी उपप्रमुख देवका बेल्वासेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य  शर्माको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका वडा नं. १ का अध्यक्ष नुमराज पौडेल, वडा नं. ८ का अध्यक्ष मेघनारायण चौधरी, वडा नं. २ का अध्यक्ष नेपालु चौधरी, राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरी, गढवा गाउँपालिका–८ का अध्यक्ष सद्धाम सिद्धिकी लगायतले सुझाव दिएका थिए । कार्यक्रममा जलस्रोत विज्ञ श्यामसुन्दर श्रेष्ठ, डाक्टर प्रदिप पौड्यालले प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण भूसंरक्षण अधिकृत शेषदत्त चौधरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे