बालकल्याणको अध्यक्षमा हुमाकान्त सुबेदी सर्वसम्मतले चयन



बालकल्याणको अध्यक्षमा हुमाकान्त सुबेदी सर्वसम्मतले चयन

गढवा २६ फागुन । गढवा गाउँपालिका वडा नम्बर ६ स्थित वालकल्याण आधारभूत बिद्यालयको अध्यक्षमा हुमाकान्त सुबेदी सर्बसम्मत चयन भएका छन् । बिद्यालयको आयोजनामा बुधवार सम्पन्न २० औं अभिभावक भेलाबाट सुबेदी निर्विरोध बिब्यस अध्यक्षमा चयन भएका हुन् । सुबेदी उक्त बिद्यालयका संस्थापक सदस्य पनि हुन् ।

यसै गरी पदेन सदस्यमा वडा अध्यक्ष वालचन्द्र ठकूरी हमाल, सदस्यहरुमा कल्पना घर्ती, सुभाषिया चौधरी, रुमा अर्याल, बिनिता आचार्य, कमला परियार, सदस्य सचिवमा प्रअ ताराप्रसाद ढुंगाना र शिक्षक प्रतिनीधिमा इश्वरा पाण्डेय रहेका छन् । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुकुमराज यादवको अध्यक्षता र वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा गढवा गाउँपालिकाका शिक्षा शाखाका प्रास रविलाल माझी जनप्रतिनीधि कमला नेपाली लगायतले बोलेका थिए । कार्यक्रमको संचालन प्रअ ताराप्रसाद ढुंगानाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे