देउखुरी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण



देउखुरी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण

लमही २६ फागुन । देउखुरी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई एक समारोहका बीच बुधवार लमहीमा गोपिनियताको शपथ ग्रहण गराउनुको साथै पदहस्तारण कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्षलाई निर्वाचन मण्डलका संयोजक लिलाराम खनालले शपथ खुवाएका थिए भने अध्यक्ष खगेश्वर खनालले अन्य पदाधिकारीहरुलाई शपथ खुवाएका थिए ।

यस्तै निर्वतमान अध्यक्ष रन्तप्रसाद श्रेष्ठले अध्यक्ष खनाललाई नेपाल उद्योग वाणिज्य महासंघको सदस्यको लोगो लगाइदिएका थिए भने निर्वतमान महासचिव तथा वर्तमान वाणिज्य उपाध्यक्ष कमलजंग सिंह ठकुरीले नवनिर्वाचित महासचिव वसन्त भण्डारीलाई माइन्युटबुक सहित पद हस्तान्तरण गरेका थिए । १२ वर्षपछि सहमतीको आधारमा नयाँ कार्यसमिति आएपछि उनीहरुले खुसी व्यक्त गरेका थिए ।

निर्वाचन मण्डलका संयोजक लिलाराम खनालको अध्यक्ष्यता एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रन्तप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब महासमिति सदस्य मधु न्यौपाने, एकिकृत नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ओमप्रकाश सुवेदी सागर, संघका पुर्ब अध्यक्ष शोभाकर घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले संघले सेवा दिने बाहानामा कसैलाई काखापाखा नगरी समान व्यवहार गर्नुपर्ने बताएका थिए ।

शपथ ग्रहण तथा पदहस्तारण समारोहपछि बोल्दैै नवनिर्वाचित अध्यक्ष खनालले सबैको भावनालाई आत्मसात गरेर अगाडी बढ्ने र त्यसका लागि सबैको साथ सहयोग अपरिहार्य भएको बताए । निर्वाचन मण्डलका सदस्य अलि उल्लाह मियाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन निर्वाचन मण्डलका सदस्य प्रकाशकुमार जिसीले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे