छात्राहरुको सम्वेदनशील अंग छोएको आरोपमा अमर माविका शिक्षक पक्राउ



छात्राहरुको सम्वेदनशील अंग छोएको आरोपमा अमर माविका शिक्षक पक्राउ
तुलसीपुर २५ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर माविमा अध्ययनरत छात्राहरुलाई हातपात गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा प्राबि तहका शिक्षक पदम ओली रहेका छन् । उनलाई कक्षा ६ मा अध्ययनरत दुई जना छात्राहरुको सम्वेदनशील अंग छोएको आरोप लागेको छ ।
आईतबार ती छात्राहरुले टाउको दुखेको भनि ती शिक्षकलाई जानकारी गराएपछि उनले चेकजाँचको नाममा सम्वेदनशील अंग छोएको आरोप लगाएका छन् । उनलाई बुधबार पक्राउ गरि ईलाका प्रहरी कार्यालय तुलसीपुर ल्याईएको छ । यस अघि पनि ति शिक्षकले विद्यार्थीहरुमाथि हातपात गर्ने गरेको भनि विद्यार्थीहरुले आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे