गढवामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण



गढवामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

गढवा २२ फागुन । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले भवन उद्घाटन समारोहको छैठौं बर्षको सन्दर्भ पारेर गढवा गाउँपालिका वडा नं. ६ मा रहेका अति अशक्त अपांगता भएका नागरिकहरुलाई सहायक सामाग्री तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । रिड नेपाल र एएसबि जर्मन परियोजनाको सहयोगमा अपांगता भएकाहरुलाई सामाग्री वितरण गरिएको पुस्तकालयले जनाएको छ ।

पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले अपांगता भएका १४ जना नागरिकहरुलाई सहायक सामाग्री तथा स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । पुस्तकालयका सचिव शिबराज पन्थीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन ब्यवस्थापक मिना भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे