गढवामा रक्तदान तथा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न



गढवामा रक्तदान तथा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गढवा २२ फागुन । क्रेयटिङ पोसिबिलीटिज (सिपी) नेपालको आयोजना र गढवा गाउँपालिकाको समन्वय सहकार्यमा देउखुरीको गढवामा शनिवार बालबालिकाहरुका लागि बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । सिपी नेपालले बर्षेनी संचालन गर्दै आएको वाल स्वास्थ्य शिविर अन्तर्गत यो तेश्रो बर्षको स्वास्थ्य शिविर भएको सिपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।

शिविरमा गढवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सहयोग रहेको र ५ जना मेडिकल अधिकृत डाक्टरहरुबाट होलबडी चेकअपको सेवा प्रवाह गरिएको सिपी नेपालका कार्यक्रम संयोजक सरिता चौधरीले बताए । सो शिविरमा कुल ५ सय ९० जना १८ बर्ष मुनिका बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण समेत गरिएको र २ जना बालबालिकाहरुको गम्भीर केश भएकोले उपचारका लागि निशुल्क सपोर्ट गर्ने सिपी नेपालले जनाएको छ । त्यस्तै २० जनाको उपचार फलोअप गर्नुपर्ने देखिएको बताइएको छ ।

रक्तदान कार्यक्रम
आशाका किरणहरु नामक संस्थाको आयोजना, सिपी नेपालको सहयोग र रक्त संचार सेवा केन्द्र लमहीको प्राबिधिक सहयोगमा गढवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ११ जना महिला र २० जना पुरुष गरि कुल ३१ जनाले रक्तदान गरेको आयोजक संस्थाका गढवा इन्चार्ज दिप्सन आचार्यले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे