शिवसवरी धाम पहरूवामा हुने सांस्कृतिक कार्यक्रमकाे उद्घाटन कानुन मन्त्री केसीले गर्ने



शिवसवरी धाम पहरूवामा हुने सांस्कृतिक कार्यक्रमकाे उद्घाटन कानुन मन्त्री केसीले गर्ने

सन्ताेषकुमार गुप्ता, सिसहनियाँ २२ फागुन ।
देउखुरीकाे राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेकाे महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रमकाे उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीबाट हुने भएकाे छ ।

फागुन २६, २७ र २८ गते सम्म सञ्चालन हुने महाशिवरात्री तथा धार्मिक मेलाकाे फागुन २७ गते महाशिवरात्रीकाे दिन बिहान ११ बजे उद्घाटन गर्न कानुनमन्त्री केसी आउने तय भईसकेकाे आयाेजक शिवसवरी धाम प्रतिष्ठानका अध्यक्ष मिश्रुलाल चाैधरीले जानकारी दिए ।

साथै मेलामा दुई दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुति रहने शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा सांस्कृतिक संयाेजक संयाेजक राजेन्द्र चाैधरीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि महाशिवरात्री तथा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम आयाेजना गरिएकाे छ ।
धामकाे स्थापनाकाल बिगत सात बर्ष देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएकाे छ ।

मेलामा विभिन्न व्यापारिक तथा पुजा तथा फलफूलका स्टलहरू समेत रहने समितीकी महासचिव धना चाैधरीले जानकारी दिइन् । साथै मेला अवधिभर तीन दिन धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई भण्डाराकाे समेत व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ ।
यता शिवरात्री पर्व नजिकिए संगै मेला तथा सांस्कृतिक कार्यक्रमकाे तयारी समेत व्यापक बनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे