LISTEN LIVE RADIO

दाङकाे तुलसीपुरमा खुला पुरुष भलिबल जारी



दाङकाे तुलसीपुरमा खुला पुरुष भलिबल जारी

तुलसीपुर १६  फागुन । दाङ तुलसीपुर अरनिको मैदानमा जारी जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगितमा डल्फिन फिड कैलाली, पिवाईसी रुकुम र हिरा डागी फाउन्डेसनले बिजयी सुरुवात गरेका छ्न् ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित प्रतियोगिताको आईतवार सम्पन्न लिग चरणका खेलमा युवा बहुमुखी क्लब पिपलनेटा सल्यान लाई २५-१२ र २५-२० को सोझो सेटमा पाखा लगाउँदै डलफिन फिड कैलालीले बिजयी यात्रा सुरु गरेको हो ।

त्यस्तै फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर लाई २५-१२,२३-२५ र २५-१६ अर्थात २-१ को सेटमा पाखा लगाउदै बिजयी यात्रा सुरु गर्दा देउखुरी भलिबल क्लबलाई २५-१५ र १५- २३ को सोझो सेटमा पराजित गर्दै हिरा डागी फाउन्डेसनले आफ्नो बिजयी यात्रा सुरु गरेको हो ।

यसैबीच प्रतियोगिता अन्तरगत सोमबार बिहान हुने पहिलो खेलमा रुकुम पश्चिम र राप्ती बबई क्याम्पस तुलसिपुर भिड्नेछन् । खेल बिहान साढे सात बजे देखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

रेफ्रीको भुमिकामा रास्ट्रीय रेफ्री हरिस वलि, प्रदेश रेफ्री भरत कवर, धनमाया बोहरा र भिम बहादुर डागी लगाएत रहनु भएको छ । सबैका लागि खेलकुद, खेलकुदमा बैज्ञानिक नयाँ संरचना र आमुल परिबर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रिय अध्यक्ष जयन्द्रबहादुर चन्दले जानकारी दिएका छन् ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलायमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिने प्रतियोगिताको बिजेता, उपबिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद १ लाख,५० हजार २५ हजार र १५ हजार तथा कप,मेडल, प्रमाणपत्र हात पार्ने छन् ।

त्यस्तै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीहरु लाई पुरस्कृत गरिने नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय महासचिव बिनोद चन्दले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे