LISTEN LIVE RADIO

तुलसीपुरमा आज देखि खुला भलिबल प्रतियोगिता सुरु हुँदै



तुलसीपुरमा आज देखि खुला भलिबल प्रतियोगिता सुरु हुँदै

तुलसीपुर १५ फागुन । दाङ तुलसीपुर अरनिको मैदानमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगिता २०७७ आज (शनिबार)देखि सुरु हुदैछ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघ को आयोजना मा संचालन हुन लागेको प्रतियोगिताको बिहान १२ बजे उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ । सबैका लागि खेलकुद, खेलकुदमा बैज्ञानिक नयाँ संरचना अमुल परिबर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै १५ बढी टिमको सहभागिता रहने नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिएका छन ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिने प्रतियोगिता को बिजेता, उपबिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद १ लाख, ५० हजार २५ हजार र १५ हजार तथा कप, मेडल, प्रमाणपत्र हात पार्ने छन्।

त्यस्तै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी हरु लाई पुरस्कृत गरिने नेपाल गणतान्त्रिक खेलकुद महासंघ का केन्द्रीय महासचिव बिनोद चन्दले जानकारी दिएका छन ।

यसैविच आयोजक ले प्रतियोगिताको उद्घाटन समारोह लाई भब्य एव सभ्य बनाउन खेलप्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजीवी, उधोगी, ब्यबासायी, नागरिक समाज, पत्रकार लगाएत सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे