सहिद नेत्रलाल अभागीकाे स्मृती पार्क अनुगमन



सहिद नेत्रलाल अभागीकाे स्मृती पार्क अनुगमन
लमही १४ फागुन । सहिद नेत्रलाल अभागी दिवंगत भएको स्थान लमही नगरपालिका वडा नं. १ नर्तीमा निर्माण गरिएको स्मृती पार्कको बिहिवार अनुगमन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको तर्फबाट २० लाखको लागतमा पार्क क्षेत्रमा वनभोज स्थल, गोलघर, स्वागतद्धार, खानेपानीको व्यवस्था गरिएको थियो ।
लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, नेत्रलाल अभागीकी जीवन साथी तथा प्रतिनिधि सभा सदस्य माननीय सांसद विष्णु पौडेल, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरी, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) लमही नगरपालिका वडा नं. १ का अध्यक्ष चेतकान्त खनाल लगायतको उपस्थितीमा पार्क क्षेत्रको अनुगमन गरिएको थियो । पार्क क्षेत्रका पूर्वाधार थप्दै लैजाने र वनभोज स्थलको रुपमा विकास गरिने  सांसद रेवतीरमण शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे