सुकुम्वासी लगत संकलन गर्दा शुल्क नलिन उच्च अदालत तुलसीपुरको आदेश



सुकुम्वासी लगत संकलन गर्दा शुल्क नलिन उच्च अदालत तुलसीपुरको आदेश

तुलसीपुर ७ फागुन । उच्च अदालत तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकालाई सुकुम्वासीको लगत गर्दा कानुन विपरित शूल्क नलिन आदेश गरेको छ । उच्च अदालत तुलसीपुरले शुक्रबार एक सूचना प्रकाशित गरि यस्तो आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरले फागुन १३ गते सम्म सुकुम्वासी लगत संकलन नगर्नु नगराउनु भनि विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ ९१० बमोजिम अल्पकालिन आदेश गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले अब्यवस्थित बसोबास हकमा राजश्व संकलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे