सामुदायिक अंकपत्रबारे प्रशिक्षक तालिम



सामुदायिक अंकपत्रबारे प्रशिक्षक तालिम

लमही ६ फागुन । सामुदायिक अंकपत्रलाई दिगो र संस्थागत गर्ने उदेश्यका साथ दाङको घोराहिमा चार दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । अधिकारहरुको संरक्षण, प्रबद्धन र विकास मार्फत सामाजिक न्याय, कानुनी राज्य र असल शासनमा आधारीत नेपाली समाजको स्थापनामा सेवारत मधेस मानव अधिकार गृह माहुरी होमले आफ्नो कार्यक्षेत्रमा कार्यरत दाङ, प्युठान, रोल्पा र बाके जिल्लाका स्थानिय तहका कर्मचारी तथा प्रहरीलाई तालिम दिन सुरु गरेको हो ।

युके ए आइ डी, भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुको सहज परियोजना अन्तरगत कार्यक्षेत्रमा आगामी दिनमा सामुदायिक अंकपत्रका आधारमा न्याय र निरुपण सम्वन्धि कार्यहरु सरल तवरले सञ्चालन गर्न तालिमको आयोजना गरेको माहुरी होमका कोषाध्यक्ष जय प्रकाश पाण्डेले जानकारी दिएका छन ।

लैङ्गिक उत्तरदायित्व र जवाफदेहि न्यायमा पहुच सुदृढिकरण परियोजना अन्तरगत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका आठ ओटा जिल्लाहरु कपीलबस्तु, दाङ, रुपन्देही, नवलपरासी पुर्व र पश्चिम, बाँके, प्युठान, रोल्पाका २३ ओटा पालिकामा आफ्नो क्रियाकलाप सञ्चालन गर्दै आएको माहुरी होमले प्रहरी र समुदाय विचको सम्वन्ध सुमधुर बनाउदै हिंसा जन्य कार्यको न्युनिकरण गर्ने अभियानलाई समेत अघि सारेको छ ।

तालिममा ईन्टरनेशनल अलर्टका महेन्द्र महतो, सहज परियोजनाका कविराम बाठा मगर, सुनिता पोख्रेलले सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे