LISTEN LIVE RADIO

नेकपा निकट नेपाल दलित मुक्ती संगठन शान्तिनगरको भेला सम्पन्न



नेकपा निकट नेपाल दलित मुक्ती संगठन शान्तिनगरको भेला सम्पन्न

तुलसीपुर २ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट नेपाल दलित मुक्ती संगठन शान्तिनगरको भेला सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमकाबीच भेला भएको हो । भेलाले राजेन्द्र परियारलाई गाउँपालिका संयोजक र गणेश विक संयोजक तोकेको छ ।

शान्तिनगर ४, जुम्लेकुलामा भएको भेलाले ३१ सदस्यीय गाउँ कमिटि गठन गरेको हो । धनबहादुर विकको अध्यक्षता तथा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि आचार्यले केपी ओलीले दलित, पिछडिपरेका वर्गहरुको भावना विपरित नेपालको संविधान माथि नै ‘कु’ गरेको भन्दै यसका विरुद्ध शसक्त आवाज उठाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल दलित मुक्ती मोर्चाका पूर्व केन्द्रीय कार्यालय सदस्य, नेकपा शान्तिनगरका ईञ्चार्ज नेबबहादुर रोका, संगठनका जिल्ला संयोजक टक सुनार, सहसंयोजक हिरालाल सुनार ‘सारथी’, नेतृ राधिका परियारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राजेन्द्र परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे