प्यूठानकाे लुकलुकेमा शिवलक्ष्मीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम सम्पन्न



प्यूठानकाे लुकलुकेमा शिवलक्ष्मीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम सम्पन्न

प्यूठान २२ माघ । प्यूठानकाे सरूमारानी गाउँपालिका-५ लुकलुकेमा शिवलक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । सत्यनारायण पुजाकाे शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले गरेकी थिइन् । नेपालमा पहिलाे पटक महिला गुरूबाट प्यूठानकाे लुकलुकेमा सत्यनारायणकाे पुजा गरिएकाे हाे ।

धामका चेला सरूमारानी गाउँपालिका-५ लुकलुके निवासी नरबहादुर पल्लीमगर तथा टेकी पल्लीमगरकाे आयाेजनामा उक्त गाउँमा पहिलाे पटक सत्यनारायणकाे पुजा गरिएकाे हाे । सत्यनारायण पुजा आयाेजक नरबहादुर पल्लीमगरकाे अध्यक्षता एवम् शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले पछिल्लाे समय नयाँ पुस्ताहरूमा हराउँदै गएकाे धर्मप्रतिकाे विश्वासलाई यस्ता धार्मिक पुजाआजा कार्यक्रमले धार्मिक आस्था विश्वास बढाउने बताएका थिए ।

उनीहरूले पछिल्लो समय दाङ-प्यूठान सहित देशैभर शिवसवरी धाम प्रतिकाे आस्था, विश्वास र शक्तिमा विश्वास बढ्दै गएकाेले धामकाे आवश्यक प्रचारप्रसार तथा भाैतिक विकासमा राज्यकाे ध्यान जानुपर्ने बताएका थिए । धामकी चेला तथा पुजा आयाेजक टेकी पल्लीमगरकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा रेडियाे राप्ती एफएम तथा राप्ती टेलिभिजनका निमित्त समाचार प्रमुख सन्ताेषकुमार गुप्ता, शिवसवरी धामकी महासचिव धना चाैधरी, धामका पुजारी सन्ताेष बुढाथाेकी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन धामकी पुजारी साेमिया बस्नेतले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे