देउखुरीको राप्ती गाउँपालिकामा चरा संरक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न



देउखुरीको राप्ती गाउँपालिकामा चरा संरक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

भालुवाङ २१ माघ । देउखुरीको राप्ती गाउँपालिकामा एक दिने चरा संरक्षण सम्बन्धि कार्यशाला गोष्ठी मंगलबार राप्ती गाउँपालिकाको सभाहल सम्पन्न भएको छ । नेपाल पंक्षी संरक्षण संघ काठमाडौँको आयोजना एवम् राप्ती गाउँपालिकाको सहयोगमा लोपोन्मुख चराहरुको सुरक्षित बासस्थानको लागि सबैले पहल गरौ भन्ने भावनाका साथ कार्यशाला गोष्ठी गरिएको हो ।

कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिमकान्त भूसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा नेपाल पंक्षी संरक्षण संघको परियोजना प्रमुख भूपाल नेपाली र राप्ती सवडिभिजन वन कार्यालयका रेन्जर गणेश रावतले दाङमा चरा संरक्षणको अवस्थाका बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, राप्ती गाउँपालिका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसाल, राप्ती गाउँपालिकाका कृषि शाखा अधिकृत महेश अधिकारी, रामजहदी सावउसका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, शंकर सावउसका अध्यक्ष तुलाध्वज मल्ल, पत्रकारद्धय ओमप्रकाश गुप्ता र सन्तोषकुमार गुप्ता लगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार महेश रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे