जिल्ला समन्वय समितिद्धारा गढवा क्षेत्रकाे खोला अनुगमन



जिल्ला समन्वय समितिद्धारा गढवा क्षेत्रकाे खोला अनुगमन

शिवराज पन्थी, गढवा २० माघ ।
जिल्ला अनुगमन समितिले मंगलबार प्रारम्भीक वातावरणीय प्रभाव मुल्यांकन(IEE) स्विकृत भएका गढवा गाउँपालिकाका बिभिन्न खोलाहरुमा स्थलगत अबलोकन तथा अनुगमन गरेको छ ।

गढवा गाउँपालिका वडा नं. ३,५ र ७ का राप्ती नदी घाटसंग जोडिएका भोजपुर घाट, मानपुर कक्रहवा घाट, झारबैरा र गढवा ५ को धर्मपुर घाटको स्थलगत अनुगमन गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष एवं अनुगमन समितिका संयोजक जितेन्द्रमान नेपालीले जानकारी दिए । यसैगरी टोलीले रतनपुर, महदेवा, धर्मपुर खण्ड क र ख तथा खड्गपुर घाटको आइइ स्विकृत स्थलहरुमा अनुगमन गरेको हो ।

अनुगमन टोलीमा जिल्ला अनुगमन समितिका संयोजक जितेन्द्रमान नेपाली, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, जिल्ला समन्वय समिति दाङका प्रमुख साबित्रा पुन, गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, डिभिजन वन कार्यालयका धरणिधर चौधरी, इलाका प्रहरी गढवाका प्रमुख राजकुमार भट्ट, गढवा गाउँपालिका सामान्य प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा र इन्जीनियर बिनय कुमार यादव लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे