सर्वहितको दोस्रो सदस्य सेवा केन्द्र शान्तिपुर चैतेमा स्थापना



सर्वहितको दोस्रो सदस्य सेवा केन्द्र शान्तिपुर चैतेमा स्थापना

भालुवाङ १५ माघ । सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका ४ मौरीघाटले आफ्नो दोस्रो सदस्य सेवा केन्द्र विस्तार गरेको छ ।

संस्थाले लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थित राप्ती गाउँपालिकाको पुर्वी भाग तथा प्युठान अर्घाखाँचीको सिमानामा पर्ने शान्तिपुर चैतेमा सदस्य सेवा केन्द्रको विस्तार गरेको हो । शेयर सदस्यहरुलाई सेवा लिन सहज होस् भन्नका लागि संस्थाले सेवा केन्द्रको विस्तार गरेको हो ।
यसैबीच सदस्य सेवा केन्द्रको बिहिवार एक कार्यक्रमका बीच केन्द्रको उद्घाटन गरिएको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र चौधरी थारुको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन गरिएको हो । संस्थाका लेखा सुपरिवेक्षण समितिका सदस्य विष्णु पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पूर्णजंग रेश्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जागेन्द्र चौधरीले गरेका थिए ।

यसै क्रममा सेवा केन्द्र उद्घाटनको दिन ११ जना नयाँ शेयर सदस्य थपिएका छन् । भने २ लाख २५ हजार बराबरको कारोबार भएको संस्थाका व्यवस्थापक शिशिर चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे