माग पुरा नभए राजपुर गाउँपालिकामा तालाबन्दी गर्ने चेतावनी



माग पुरा नभए राजपुर गाउँपालिकामा तालाबन्दी गर्ने चेतावनी

देउखुरी १५ माघ । देउखुरीको राजपुर गाउँपालिकामा पाँच महिना वितिसक्दा समेत गाउँ कार्यपालिकाको बैठक बस्न सकेको छैन । लामो समयसम्म गाउँपालिकाको बैठक नबस्दा गाउँपालिकाको कामकाग सबै लथालिङ्ग, ठप्प हुनुकासाथै स्थानियहरुले सास्ती खेप्दै आएका छन् ।

बुधवार राजपुर गाउँपालिका प्रवक्त श्याम रोकाको नेतृत्वमा एक्काइस जना कार्यपालिका सदस्यको हस्ताक्षर सहित गाउँपालिकाको बैठक तत्काल राख्न माग गर्दै गाउँपालिका उपाध्यक्ष धनपतीदेवि यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

राजपुर गाउँपालिका कार्यपालिकाको पाँच महिना देखि बैठक नबसी गाउँपालिका कार्यालयमा हुने काम काजहरुलाई अनिर्णयको बन्धक बनाई गाउँपालिकाबाट हुने प्रत्येक कामकागजहरु अस्तव्यस्त रहेकोले तत्कालै समस्याहरु हल गर्नको लागि नाकाक्षेत्रमा अहिलेसम्म गाउँपालिकाको स्काभेटर भएपनि बाटो सफा नगर्दा जनतालाई दुखदिने काम गरेको भन्दै, तत्काल बाटो सुचारु गर्न माग गर्दै गाउँपालिकामा कार्यपालिका सदस्यहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

यस्तै आर्थिक वर्ष ०७६/०७७ को योजनाहरुको उपभोक्ता समितिहरुले काम गरि सकेको भुक्तानीको लागी फाईल गाउँपालिकाको कार्यालयमा बुझाउदाँ पनि हाल सम्म भुक्तानी नदिई रोकेकोले तत्काल भुक्तानी गर्न ज्ञापन पत्रमा माग गरिएको छ । यस्तै ज्ञापनपत्रमा राजपुर गाउँपालिका वडा नम्बर ३ को खरदरिया घाटबाट आइइ गरि गाउँपालिकाको कार्यालयले केसी निर्माण सेवालाई नदीजन्य पदार्थ उत्खननको लागी २०७०० घनमिटिरको ठेक्का दिएको र उक्त निर्माण सेवाले सम्झौता बिपरित ५८००० घनमिटर उत्खनन गरेकोले अवैध रूपमा संकलन रहेको ३७३०० घनमिटरको यथासिघ्र जरिवाना सहित राजस्व गाउँपालिकाको कार्यालयमा बुझाउन माग गर्दै, राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित खेलमैदान र औद्योगिक क्षेत्रमा रहेको सार्वजनिक जग्गामा स्काभेटर लगाई ५ नम्बर वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीद्धारा जग्गा प्लटिङ्ग गरि घरघडेरी विक्रि वितरण गर्ने उदेश्य देखिएको हुदा उक्त कार्य तत्काल रोक्का गर्न माग गरिएको छ ।

यस्तै राजपुर गाउँपालिकाको कार्यालय स्थापना कालदेखि हालसम्म पनि सार्वजनिक सुनुवाइ नगरेकोले पारदर्शी सार्वजनिक सुनुवाइ गर्न माग गर्दै, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा बिबाद रहेकोले तत्काल दुबै पक्षबसी बिबाद समाधान गर्न ज्ञापनपत्र अनुसार माग गरिएको छ । ज्ञापनपत्रमा उल्लेखित मागहरू पाचँ दिनभित्र पूरा नभए गाउँपालिकामा ताला बन्दी लगायत संर्घष कार्यक्रम अगाडि बढाउने गाउँपालिका प्रवक्ता श्याम रोकाले जानकारी दिए । यता गाउँपालिका उपाध्यक्ष धनपतीदेवि यादवले गाउँ कार्यपालिकाको बैठक बोलाएर उक्त मागहरु तत्काल सम्बोधन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे