राजनीतिक अधिकार प्राप्तिका लागि महिलाहरु आफै जागरुक हुनुपर्छ : न्यौपाने



राजनीतिक अधिकार प्राप्तिका लागि महिलाहरु आफै जागरुक हुनुपर्छ : न्यौपाने

लमही १५ माघ । नेपाल महिला संघका केन्द्रिय सदस्य गिरिजादेवी न्यौपानेले पार्टी विधान बमोजिमको राजनीतिक अधिकार प्राप्तिका लागि महिलाहरु आफै जागरुक हुनुपर्ने बताएकी छिन् । नेपाली कांग्रेसको विधानले स्थानीय प्रदेश र संघ गरि तीन तहमा महिला सहभागिताको सुनिश्चतता गरेको भएपनि आन्दोलनमा अग्रपङतिमा रहने महिलाहरुको नीति निर्माण तहमा भने सन्तोषजनक सहभागिता हुन नसकेको बताइन् ।

नेपाल महिला संघ क्षेत्र नम्बर १ ले आज लमहीमा आयोजना गरेको क्षेत्रीय भेलामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो कुरा बताएकी हुन् । संघिय संरचना अनुसार नेपाल महिला संघको क्षेत्र नम्बर १ को प्रदेश स्तरिय पदाधिकारी बिस्तार तथा आगामी माघ २१ गते क्षेत्र नम्बर १ मा महिलाहरुका लागि बृहत प्रशिक्षणको कार्यक्रम राख्ने तय भएको जानकारी दिइन् ।

नेपाल महिला संघ क्षेत्र नम्बर १ द्धारा हुने प्रशिक्षण तयारी प्रदेश स्तरिय कमिटि बिस्तार सम्बन्धमा आयोजित महिला संघको भेलामा बोल्दै उनले सो कुरा बताएकी हुन् । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले संसद बिघटन बिरुद्ध नेपाल महिला संघले शसक्त भएर बिरोध गर्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।
नेपाल महिला संघ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति खिमा रिजालको अध्यक्षता तथा नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजादेवी न्यौपानेको प्रमुख आतिथ्यता र नेपाली कांग्रेसका जिल्ला सदस्य बालिका लम्सालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अबसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य बालिका लम्साल, जिल्ला समन्वय समिति दाङका सदस्य लोका बिक, नेपाली कांग्रेसका क्षेत्रिय सचिब हरिहर शर्मा घिमिरे, नेपाली कांग्रेसका पुर्ब महाधिबेशन प्रतिनिधि मधु न्यौपाने, नेपाल महिला संघका जिल्ला सचिब लक्ष्मी योगी, नेपाली कांग्रेस लमही नगरपालिका वडा नम्बर ५ का वडा सभापति नेत्रसिंह ठकुरी, नेपाल महिला संघ क्षेत्र नम्बर १ प्रदेश क का सभापति बिष्णुदेबी कुवर, प्रदेश ख का सभापति बिमला लम्साल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पार्बती थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे