मतदाता नामावलीका लागि पालिका स्तरिय समिति गठन



मतदाता नामावलीका लागि पालिका स्तरिय समिति गठन

शिबराज पन्थी, गढवा १४ माघ ।

निर्वाचन आयोगले प्रकाशन गरेको कार्यतालिका अनुसार मतदाता नामावली सच्याउनका लागि बुधवार गढवामा पालिका स्तरिय सर्बदलिय सर्बपक्षिय सहयोग समिति गठन भएको गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा पालिकामा बसेको बैठकले ९ सदस्यिय गढवा गाउँपालिका स्तरिय सहयोग समिति गठन गरेको छ । जसको सदस्यहरुमा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, इलाका प्रहरी कार्यालय प्रमुख राजकुमार भट्ट, नेकपाका कालिराम चौधरी, नेपाली काँगे्रसका कृष्णराज पाण्डेय, जनता समाजवादी पार्टीका पुरनप्रसाद भट्टराई र राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल तथा सदस्य सचिवमा पदमबहादुर थापा रहेका छन् ।

बैठकले निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदाता नामावलीमा त्रुटी भएको सच्याउने, गढवा गाउँपालिका भवनमा सहायक नामदर्ता अधिकारीको कार्यालय राख्ने, सरक्षा ब्यवस्था गर्ने, प्रचार प्रसारलाई तिब्रता दिने र स्थानीय रेडियोमा सुचना प्रसारण गर्ने लगायतका निर्णयहरु गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

कार्यतालिका अनुसार माघ १५ गते मतदाता नामावली प्रकाशन, माघ १६ देखि १८ सम्म दावी बिरोध गर्ने, मृत्यु भएका वा नागरिकता त्यागेकाको नामावली हटाउन सुचना दिने, मतदाताको नामावली एकभनदा बढी स्थानमा भएमा सच्याउने,१९ र २० मा त्रुटी सच्याउन निवेदन दिने, दोहोरो परेको र बसाइसराई तथा मृत्यु भएकाको नामावली हटाउने, मतदाताबाट सफाइ लिने, माघ २१ देखी २४ सम्म हटाइएको वा हटाउन सिफारिस गरिएको सुचना प्रकाशन गर्ने र त्रुटी सच्याइ सबै कागजाता अद्यावधिक गरी राख्ने र निर्वाचन आयोगको कार्यालयमा बुझाउने उल्लोख छ ।

पछिल्लो रेकर्ड बमोजिम गढवा गाउँपालिकामा कुल २६ हजार २ सय पैसठ्ठी मतदाता रहेको नामदर्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे