गढवा उवा संघको संरक्षक र सल्लाहकार चयन



गढवा उवा संघको संरक्षक र सल्लाहकार चयन

शिवराज पन्थी, गढवा १३ माघ ।
गढवा उद्योग वाणिज्य संघको हालै सम्पन्न पहिलो बैठकले संघका संस्थापक अध्यक्ष युवराज पोख्रेललाई संरक्षकको रुपमा चयन गरेको छ । यसै गरी संघको बैठकले रामप्रसाद गैरे, उमाकान्त पन्त, रामदास यादव, सुशिला भुसाल र चिन्ताप्रसाद पोख्रेललाई सल्लाहकारमा चयन गरेको संघका अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिएका छन् ।

त्यस्तै संघको कानुनी सल्लाहकारमा वरिष्ट अधिवक्ता घनश्याम थापा र प्रेस सल्लाहकारमा शिवराज पन्थीलाई चयन गरिएको संघले जनाएको छ । संघको गत माघ ३ गते सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट खिमबहादुर बुढामगर सर्वसम्मत नेतृत्वमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे