गढवामा अनलाइन प्रबिधिबाट सेवा सुरु



गढवामा अनलाइन प्रबिधिबाट सेवा सुरु

शिबराज पन्थी, गढवा १३ माघ ।

गढवा गाउँपालिकाले वडा नं. ५ को कार्यालयबाट अनलाईन प्रबिधिबाट ब्यक्तिगत घटना दर्ताको पंजिकरण सेवा सुरु गरेको छ । शनिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष प्रकाश भण्डारीले ब्यक्तिगत घटना दर्ता गरि अनलाइन ब्यक्तिगत घटना दर्ताको बिधिवत उद्घाटन गरेका हुन् ।

गढवा गाउँपालिका वडा नं. ५ निवासी शिबकुमार चौधरी र सोही वडामा बस्ने बसन्ती चौधरीको बिवाहदर्ता गरि अनलाइन प्रबिधिको सेवा सुचारु भएको भण्डारीले घोषणा गरेका हुन् । यो प्रबिधिबाट घटना दर्ता भएका सबै अभिलेखहरु सिधै नेपाल सरकारको पंजीकरण बिभागमा इण्ट्री हुने गाउँपालिकाका पंजिकरण शाखाका प्रमुख ऋषि यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे