साहित्य मञ्चको बार्षिक कार्यक्रम सार्वजनिक



साहित्य मञ्चको बार्षिक कार्यक्रम सार्वजनिक

शिबराज पन्थी, गढवा १३ माघ ।

देउखुरी साहित्य मञ्चले तिन कविका-तिन कविता र सामाजिक सञ्जालमा साहित्यिक अभियानको सुभारम्भ गर्दै मञ्चका बार्षिक कार्यक्रमहरु सार्बजनिक गरेको छ । मञ्चले देउखुरीको लमहीमा हालै आयोजना गरेको तिन कवि-तिन कविता कार्यक्रममा बार्षिक कार्यक्रम सार्वजनिक गरिएको अध्यक्ष हरि पोखे्रलले जानकारी दिएका छन् ।

माघ महिनाको कार्यक्रम अन्तर्गत सुुनसरी घर भै रोजगारको शिलसिलामा नेपाल रेडक्रस दाङमा कार्यरत साहित्यकार देवि प्याकुरेलको ब्यक्तित्व परिचय सहित सम्मान गरिएको छ । त्यस्तै रोजगारको शिलशिलामा पर्चुगल रहनुहुने मञ्चका संस्थापक उपाध्यक्ष हिमोढ पहाडीद्धारा सामाजिक सञ्जालमा देउखुरी साहित्य मञ्चको अभियानलाई अगाडी बढाउने अबधारण प्रस्तुति पछि कार्यान्वयनमा ल्याउने निणर्य गरिएको छ भने साहित्यकार निमबहादुर थापा,शेषमणि रिजाल र हिमोढ पहाडी गरि ३ कविका ३ कविता बाचनको कार्यक्रम सम्पन्न गरिएको मञ्चले जनाएको छ ।

मञ्चले आगामी फागुन महिनामा हिमा भुसाल(प्रकृति)को ब्यक्तित्व परिचय,आशिष कल्पबृक्षको कृति समिक्षा,रेशम बिसी,छविलाल कोपिला र रविलाल आचार्य गरि तिन कविका-तिन कविता बाचन कार्यक्रम तय गरिएको मञ्चका महासचिव निमबहादुर थापाले जानकारी दिए ।
बार्षिक कार्यक्रम अन्तर्गत चैत्र १३ गते अधिवेशनको तयारी बैठक, बैशाख ११ गते छैठौ अधिवेशन तथा साधारणसभा गर्ने, जेष्ठ १४ मा तिन कविका-तिन कविता अभियानसंगै श्रष्टाको घर कार्यक्रम, असार ११ गते भानु जयन्ति बिशेष कार्यक्रम, श्राबणमा बार्षिकोत्सव तयारी बैठक तथा रचना वाचन, भाद्र ११ गते मोति जयन्ति बशिेष कार्यक्रम, असोज ३ गते बार्षिकोत्सव, श्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, कार्तिक १२ मा लक्ष्मी जयन्ती बिशेष कार्यक्रम मंसिर १० मा एक बिदालय एक शिक्षालय कार्यक्रम र पौष ९ गते बिविध भेषभुषा,भाषभाषी र कला संस्कृति झल्कीने सांगितिक कार्यक्रम तय गरेको अध्यक्ष हरि पोख्रेलले जानकारी दिए ।

यसको संगसंगै लमही नगरपालीकाले देउखुरीको लमहीमा मञ्चलाई प्रदान गरेको घडेरीमा मञ्चको कार्यालय भवन निर्माका लागि बिशेष अभियान संचालन गरि स्थानीय सरकार,संघसंस्था,साहित्यकर्मि र सुभेच्छुकहरु सबैसंग समन्वय गर्ने योजना रहेको मञ्चका सचिव शिबराज पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे