सहकारी मन्त्री आरती पौडेल भोली देउखुरीको सिसहनियाँ आउँदै



सहकारी मन्त्री आरती पौडेल भोली देउखुरीको सिसहनियाँ आउँदै

ओमप्रकाश गुप्ता, भालुवाङ १३ माघ ।

लम्बिनी प्रदेशकी कृषि, भुमि, व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल भोली माघ १४ गते दाङ देउखुरीको सिसहनियाँ आउने भएकी छिन् । राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत भई देउखुरी बचत तथा ऋण सहकारी संस्था भएपछि एकिकरण सभालाई उद्घाटन गर्न मन्त्री पौडेल सिसहनियाँ आउन लागेकी हुन् । भोली विहान ११ बजे सर्वोदय मावि सिसहनियाँमा मन्त्री पौडेल आइपुग्ने कार्यतालिका रहेको संस्थाका अध्यक्ष शिवध्वज मल्लले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारीलाई राप्ती गाउँपालिकाले सहकार्य गरि एकिकृत हुन आब्हान गरे पश्चात हरियाली, महाप्रभु, विहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु बिच आपसी सहमती भई २०७७ पुस २७ गतेका दिन लम्बिनी प्रदेशकी कृषि, भुमि, व्यवस्था तथा सहकारी मन्त्रालय मुकाम बुटवलको निणर्य अनुसार सहकारी ऐन, २०७६ को दफा १२ को उपदफा १ बमोजिम देउखुरी बचत तथा ऋण सहकारीको विधिवत रुपमा दर्ता गरिे औपचारिक रुपमा एकिकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्थाको नाम रहन गएको संस्थाका अध्यक्ष मल्लले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकिकृत गर्दै एक व्यवसायिक, नीतिगत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्दै यस देउखुरी क्षेत्रको विकास तथा प्रबद्र्धनको लागि संस्थामा आबद्ध सदस्यहरु मार्फत लगानी विस्तार गर्दै अन्तरराष्ट्रिय स्तरको आत्मनिर्भर, बलियो नमुना सहकारी निर्माण गर्ने उदेश्य अनुसार एकीकरण गरिएको एकिकृत सहकारी देउखुरी बचत तथा ऋण सहकारीका अध्यक्ष मल्लले जानकारी दिए । सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्विनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकिकरण हुन सक्ने व्यवस्था गरे बमोजिम चार सक्रिय सहकारीहरु एकीकृत भएका हुन ।

देउखुरी बचत तथा ऋण सहकारीक १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति रहने र नेतृत्व शिवध्वज मल्लले साथै लेखा सुपरिबेक्षण समितिको संयोजकमा रुकमाङगत ज्ञवाली रहने बताईएको छ । चार सहकारीको आर्थिक वर्ष ०७६।०७७ को असार मसान्त सम्मको विवरणको आधारमा पुरुष २ हजार ५ सय ५० महिला ३ हजार २ सय ५० र संस्थागत सदस्य १९ गरी जम्मा सदस्य संख्या ५ हजार ८ सय १९ र जम्मा पुजी रु ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैया लाई चार वटा सेवा केन्द्रहरु मार्फत व्यावस्थापन गरिएको बताइएको छ ।

एकिकृत चार बचत तथा ऋण सहकारी संस्थालाई प्रभावकारी रुपमा संचालन गर्नको लागि चरणबद्ध रुपमा कार्यक्रमहरु अगाडी बढाईने भएको छ । पहिलो चरणमा सहकारीका मुल्य मान्यता र सिद्धान्तका विषयमा अवगत गराउने, दोस्रो चरणमा सबै संञ्चालक कर्मचारी र केही सदस्यहरुलाई सहकारी जागरणबाट सशक्तिकरण गरी क्षमता अभिवृद्धि गर्ने, तेस्रो चरणमा साकोस व्यावसायीकरण गर्ने, व्यावसायीकरणमा संस्थाको त्रिवर्षिय योजना वार्षिक कार्य योजना मासिक र त्रैमासिक कार्ययोजना, संस्थाको निति, विधि, र प्रविधिलाई आत्मसाथ गर्ने गराउने र चौथो चरणमा साकोसमा गुणस्तर सुनिश्चिताको मापन विधि, लेखा, पल्र्स अनुगमन प्रणालीमा आर्थिक विश्लेषणमा एकरुपता गरि काम सुरु गरिएको छ ।

देउखुरी बचत तथा ऋण सहकारीको केन्द्रिय कार्यलय राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहने साथै जनजीविका सेवा केन्द्र भालुवाङ, महाप्रभु सेवा केन्द्र लालमटिया, बिहानी सेवा केन्द्र पत्थरगढवा र हरियाली सेवा केन्द्र फल्कापुरबाट सेवा प्रारम्भ गर्ने गरि काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे