देउखुरीकाे लमहीमा कपडा सुकाउने क्रममा छतबाट खसेर एकजनाको मृत्यु



देउखुरीकाे लमहीमा कपडा सुकाउने क्रममा छतबाट खसेर एकजनाको मृत्यु

लमही २६ पुस । दाङमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोल निवासी ५० वर्षीय देवी गैरेको आफ्नो घरको छतबाट खसेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

कपडा सुकाउने क्रममा तीन तले घरको छतबाट खस्दा घाइते भई उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे