दाङको घोराहीमा निःशुुल्क सुुगर परिक्षण



दाङको घोराहीमा निःशुुल्क सुुगर परिक्षण

घोराही २६ पुस । दाङको घोराही स्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले एक कार्यक्रमकाबीच सेन्टर एण्ड फार्मेसीको उद्घाटन गरेका हुन । सेन्टरमा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिने सञ्चालक शिला आचार्यले जानकारी दिईन् । उनका अनुुसार सेन्टरमा दाँतको तार बाँढ्ने, सफा गर्ने, स्केलिङ गर्ने, दाँत भर्ने लगायतका सम्पूर्ण समस्याको उपचाग गरिन्छ ।

सेन्टरमा रगत, दिशा, पिसाब तथा सम्पूर्ण ल्याब परिक्षण गरिने अर्का सञ्चालक पाण्डव शर्माले जानकारी दिए । ‘हामीले केही समयभित्र दाँत बाँहेक अन्य रोगका पनि विशेषज्ञ डाक्टर सहितको उपचार सेवा सञ्चालन गर्ने तयारी गरेका छौं,’ उनले भने , ‘एक्सरे सेवा पनि सञ्चालनमा ल्याउँदै छौं ।’ उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले स्वास्थ्य संस्थाहरु स्थापना हुनु नगरबासीहरुलाई फाइदा जनक भएको बताए ।

‘बसपार्क क्षेत्र र यस आसपासका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी सेवा सञ्चालन गर्नुभएको छ,’ उनले भने , ‘दाँत सम्बन्धी समस्या भएका समग्र नगरवासी तथा राप्ती अञ्चलकै जनतालाई सहज हुने छ भन्ने मैले विश्वास लिएको छु ।’ नेपाल चिकित्सक संघ, दाङका अध्यक्ष डा. कुुबेरकुमार रेग्मीले गुणस्तरीय स्वास्थ्य संस्थाहरु स्थापना हुुनु आम नागरिकका लागि सकरात्मक कुुरा भएको बताए । उद्घाटनको दिन सम्पूर्ण सेवाहरु ५० प्रतिशत छुटमा गरिएको थियो । उद्घाटनको अवसरमा एक महिनाका लागि पूर्णरुपमा निशुल्क सुुगर परिक्षको व्यवस्था गरिएको सञ्चालक पाण्डव शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे