दाङमा एकद्धार प्रणालीबाट यातायात सन्चालन गर्ने विषयमा बृहत छलफल



दाङमा एकद्धार प्रणालीबाट यातायात सन्चालन गर्ने विषयमा बृहत छलफल

तुलसीपुर २६ पुस । यातायात व्यावसायिक हितका लागी दाङमा एकद्धार प्रणालीबाट यात्रु बाहक गाडी सन्चालनको विषयमा छलफल भएको छ ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि दाङको आयोजना तथा यातायात व्यावसायीहरुको उपस्थितिमा आईतवार तुलसीपुरमा एकद्धार प्रणालीको विषयमा बृहत छलफल भएको छ ।

यस अघि पनि यातायात व्यवसायी र यातायात मजदुर संगठनका विच एकद्धार प्रणाली तथा कार्यगत एकताको विषयमा पटकपटक छलफल र निर्णय गरेपनि कार्यन्वयनमा आउन सकेको छैन ।कोरोना माहामारीका कारण भएको लकडाउनले थलिएको यातायात क्षेत्रमा पछिल्नो समय अस्वस्थ्य प्रतिष्प्रर्धा हुदा यातायात व्यावसायी र मजदुर झनै समस्यामा परेको भन्दै कार्यगत एकताको विषयमा बृहत छलफल गरिएको छ ।
संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेस हमालले कार्यगत एकता गरी गाडी सन्चालन गर्न सहमत भएको बताएका थिए ।

तर विभिन्न यातायात प्रालिहरुले अझै पनि पुराना गाडी ल्याउने र दर्ता गर्ने प्रबृत्तिलाई रोक्नुपर्नेमा उनको जोड दिएका छन् । जिल्लामा धेरै प्रालि खुल्दा भएको अवस्वस्थ्य प्रतिष्प्रर्धाले व्यावसायी मर्का परेको बताउदै उनले व्यावसायी र मजदुरहरुको हितका लागी साझा मुद्धामा आफु सकारात्मक भएको उनले बताएका थिए ।

यस्तैगरी अम्विकेश्वरी यातायात प्रालिका अध्यक्ष ज्ञान बहादुर बस्नेतले बास्तविक व्यवसायी घाटामा रहेको बताएका थिए । सस्तोमा पुराना गाडीहरु ल्याएर नाफा कमाउने धन्दामा लागेकाहरुबाटै बास्तविक व्यावसायी निकै मर्कामा परेको बताउदै कुनै पनि प्रालिले त्यस्ता पुराना गाडीलाई दर्ता नगर्न र चालकहरुले समेत ध्यान दिनु पर्ने बताएका थिए ।

अहिले अधिकांस गाडी धनीहरुलाई बैंकको किस्ता तिर्न हम्मेहम्मे परेको हुदा एकद्धार प्रणालीबाट गाडी चलाउदा सवैलाई फाईदा पुग्ने उनको भनाई थियो । सो अवसरमा जनता यातायात प्रालिका उपाध्यक्ष ईन्द्र डाँगी, साहारा यातायात प्रालिका अध्यक्ष सुरेन्द्र केसी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेश कमिटि सदस्य टंक बहादुर नेपाली लगाएतले एकद्धार प्रणालीबाट गाडी चलाउन सहमत भएको बताएका थिए ।

कार्यगत एकता गर्दा अस्वस्थ्य प्रतिष्प्रर्धाको अन्त्य हुने, सवारी दुर्घटना न्युनीकरण हुने, आपसी सम्बन्ध अझ बढ्ने, यात्रु, यातायात मजदुर, व्यावसायी सवैको आत्म सम्मान बढ्ने कसैलाई घाटा र कसैलाई फाईदा नभई कसैलाई मर्का नपर्ने उनीहरुको भनाई थियो । कार्यगत एकताका लागी सम्पुर्ण यातायात व्यवसायी र मजदुर संगठन एकजुट भई कार्यन्वयन गर्नुपर्नेमा जोड दिईएको छ । कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सहसचिव प्रकास भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे