लिम्फोमा रोगबाट ग्रसित दिक्षालाई आर्थिक सहयोग



लिम्फोमा रोगबाट ग्रसित दिक्षालाई आर्थिक सहयोग

तुलसीपुर २६ पुस । लिम्फोमा रोगबाट ग्रसित दिक्षा गौतमको उपचारका लागी आर्थिक रकम हस्तान्तरण गरिएको छ । तुलसीपुर निवासी शिक्षक देवराज गौतमकी छोरी दिक्षा गौतमको उपचारमा आर्थिक अभाव भएपछि रकम संकलण गरिएको हो ।

राप्ती विद्यामन्दिर बाट २०६५ सालमा एसएलसी दिएका विद्यार्थीहरु र अन्य व्यक्तिहरुबाट संकलित रकम रु १ लाख ९० हजार ४ सय ८७ रुपैया नगद शनिबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी दिक्षाका बुबा देवराजलाई हस्तान्तरण गरिएको हो । रिपोर्टर्स क्लब दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लब अफ तुलसीपुरका अध्यक्ष सुरेश हमालले दिक्षाको उपचारको लागि सबैलाई सहयोग गरिदिन आग्रह गरे । साथै आफुले २२ हजार रुपैया सहयोग गर्ने उनले बताए ।

आर्थिक संकलण राप्ती विद्या मन्दिरका पुर्व विद्यार्थी हाल परिवर्तन गाउँपालिका रोल्पामा लेखा अधिकृतको रुपमा कार्यरत धुर्ब राज न्यौपानेको संयोजकत्वमा भएको हो । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, शिक्षाविद विष्णु प्रसाद आचार्य, रेडियो तुलसीपुरका महासचिव महेन्द्र लामिछाने, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंह लगाएतले दिक्षाको स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सक्दो सहयोग गरिदिन आग्रह गरे ।

लियो क्लब अफ दाङ तुलसीपुरका अध्यक्ष सन्तोष केसीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण धुर्ब राज न्यौपानेले गरेका थिए । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध देवराज गौतम गणित विषयका शिक्षक हुन् । हाल उनि गुरु जजुर नमुना मावि रक्षाचौरमा कार्यरत छन् । उनका अनुसार गत मंसिरदेखि लिम्फोमा रोगबाट ग्रसित छोरी दिक्षाको हाल चितवन क्यान्सर अस्पतालमा उपचार भैइरहेको छ ।

उनले भने “उपचार महँगो छ, डाक्टरको सल्लाह अनुसार अझै धेरै खर्च लाग्ने भएकोले सहयोगको अपिल गरेको हुँ ।“ उनले सक्दो सहयोग गरी छोरीको जिवनरक्षा गरिदिन सबैलाई अपिल गरे । १५ बर्षिया दिक्षा हाल ज्ञानज्योती सेकेन्डरी विद्यालय तुलसीपुरमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे