उद्योग प्रभावित क्षेत्रका विपन्न परिवारलाई २ सय ४० थान कम्बल बितरण



उद्योग प्रभावित क्षेत्रका विपन्न परिवारलाई २ सय ४० थान कम्बल बितरण

घोराही २६ पुस । घोराही सिमेन्ट उद्योगले खानी तथा उद्योग प्रभावित क्षेत्रका विपन्न परिवारलाई २ सय ४० थान कम्बल उपलब्ध गराएको छ । उद्योगले चिसो मौसमबाट बच्नका लागि विपन्न परिवारहरुको लागि बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ का लागि एक सय ५० थान र घोराही उपमहानगरपालिका ४ का लागि ९० थान कम्बल उपलब्ध गराएको हो ।

उद्योगका बरिष्ठ जनसम्पर्क अधिकृत अमर सुबेदीले सम्बन्धित पालिकाका वडा अध्यक्षलाई उक्त कम्बल हस्तान्तरण गरेका छन् । अब वडा कार्यालयले विपन्न परिवारको पहिचान गरि न्यानोका लागि कम्बल वितरण गर्ने छ । उद्योगले बर्षेनी विपन्न परिवारलाई चिसो मौसममा कम्बल उपलब्ध गराउदै आएको अधिकृत सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे