हिकाे संस्थाकाे चाथाे बार्षिक साधारणसभा देउखुरीकाे सिसहनियाँमा सम्पन्न



हिकाे संस्थाकाे चाथाे बार्षिक साधारणसभा देउखुरीकाे सिसहनियाँमा सम्पन्न

बिरेन्द्र गिरी, सिसहनियाँ २३ पुस ।

लुम्बिनी प्रदेशकी सांसद तथा कानुन न्याय मामिला समन्वय समितीकी संयोजक दामा शर्माले राज्य भन्दा पनि नागरिकस्तरबाट गरिएका सामाजिक कार्य प्रभावकारी हुने बताइन् । स्वास्थ्य, शिक्षा, सचेतना सामुदायिक स्वास्थ्य संस्था(हिको)को चौथो बार्षिक साधारणसभा बुधबार देउखुरीको सिसहनियाँमा उद्घाटन गदै कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी सांसद शर्माले सामाजिक कार्यमा राज्यको मुख्य ताकेर बस्नु भन्दा पनि राज्य संग मिलेर यस्तो खाले मानवीय कार्य गर्नुपर्ने बताएकी थिइन् ।

संस्थाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको साधारणसभाका बिशिष्ट अतिथी लुम्बिनी प्रदेशका सांसद इन्द्रजीत चौधरीले हिको संस्थाले गरेको कामको खुलेर प्रशंसा गरे । उनले यस्तो खालको मानवीय कार्यमा राज्यको पूणर् सहयोग रहने प्रतिबद्धता बक्त समेत गरेका थिए ।

संस्थाका कार्य समिती सदस्य श्रीधर अधिकारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा संस्थाका अध्यक्ष बिष्टले बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिका -८ नम्बर वडाध्यक्ष गोकणर्बहादुर राना, राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउत, साविक सिसहनियाँ गाविसकी पूर्व अध्यक्ष शिवा शर्मा, निलसागर सेवा आश्रमकी केन्द्रीय अध्यक्ष सरिता खनाल, हिको संस्थाका कार्यक्रम संयोजक सालिकराम आचार्य, सिसहनियाँ उद्योग बाणिज्य संघका महासचिव इश्वरीप्रसाद अधिकारी, संघका पूर्व अध्यक्ष पूणर्बहादुर बिसी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्शका अध्यक्ष कुमारी, शिक्षक बिक्रान्त ज्ञवाली, पत्रकार सन्तोषकुमार गुप्ता, सञ्चारकर्मी बिरेन्द्र गिरी र संस्थाकी सदस्य प्रमिता चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष गरिबु चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे