नागरिकको गुनासो सुन्दै वडा सरकार, लोकतन्त्रमा जनता संगको जवाफदेहिता हुनुपर्ने : सांसद चौधरी



नागरिकको गुनासो सुन्दै वडा सरकार, लोकतन्त्रमा जनता संगको जवाफदेहिता हुनुपर्ने : सांसद चौधरी

शिबराज पन्थी, गढवा २३ पुस ।

वडा सरकारले बर्षभरी गरेका बिकास योजनाका कामहरुलाई के कसरी सम्पन्न गरेको छ भन्ने बिषयमा पारदर्शिता ल्याउन गढवा गाउँपालिका वडा नं. ४ ले सार्बजनीक सुनुवाई आयोजना गरि नागरिकको गुनासो सुनेर सम्बोधनको प्रतिवद्धता जनाएको छ । बुधवार गढवा गाउँपालिका वडा नं. ४ ले सार्वजनिक सुनुवाईको आयोजना गरि नागरिकहरुका गुनासा सुनेको हो ।

वडा नं. ४ का वडाध्यक्ष गुलाम मोहममद जागा मुसलमानको अध्यक्षता एवम् प्रतिनिधिसभाका पूर्व सांसद योगेन्द्र चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सांसद चौधरीले लोकतन्त्रमा पारदर्शिता अपनाउन सार्बजनिक सुनुवाई गर्नुपर्ने र लोकतन्त्रमा जनतासंगको जवाफदेहिता हुनुपर्ने बताए ।

जनता र जनप्रतिनिधिहरुबाट डराउनेहरु लोकतन्त्रबादी हुन नसक्ने भन्दै उनले संसद बिघटनले अन्यौलग्रस्त बनाइएको देश अब अदालत र जनताबाट जोगाउनुपर्ने जिम्मा आएको बताए । कार्यक्रमका बिशिष्ट अतिथी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बिकासका काममा भएका कमि कमजोरी सच्याउन र जनताका गुनासा सुनेर पारदर्शी ढंगले काम गर्न सार्बजनिक सुनुवाइको महत्व रहने बताए ।

गढवा ४ को नयाँबस्ती गाउँ अध्यारो थियो,वडा अध्यक्षले गाउँमा बिद्युत्त पुरायो । हामी उज्यालो पाएर खुसी छौ, अब सडक र खानेपानीको समस्या हल गरिदिनु परयो-कार्यक्रमका सहभागी मिना चौधरीले भने । पनसेहवामा टेण्डर भएर पनि काम सुरु भएन अनि उठैया कक्रहवाको बाटो टेण्डर भएर पनि किन बजेट फ्रिज भयो-स्थानीय नागरिक एवं दिपेन्द्र होमजुनका प्रअ लालबहादुर भण्डारीले स्थानीय सरकार संग गुनासो राखे । सडक कालोपत्रेको काम गर्दा बिद्युत्त पोल ब्यवस्थित गर्नुपर्‍यो, खानेपानीका पाइप बिछाइयो तर योजना पुरा भएन,यसलाई ब्यवस्थित गर्नुप्र्यो-स्थानीय महबुब अली मुसलमान र सुर्यनारायण चौधरीले सार्बजनिक सुनुवाइमा कुरा राखे ।

त्यसो त आफ्नो गाउँको बाटो अपूणर् भएको र वडा सरकार आएपछि सन्तोषजनक काम भएको र वडा स्तरमा धेरै महत्वपूणर् कामहरु भएकोमा स्थानीय गोबिन्द रायमाझीले खुसी पनि प्रकट गरे । बुधवार सार्बजनिक कार्यक्रममा सहभागि अधिकांश नागरिकले वडा सरकारले हालसम्म गरेका बिकास योजनाहरुका बारेमा सकारात्मक सल्लाह दिदै आफ्ना गुनासा तथा टिप्पणिहरु राख्दै पारदशिृता अपनाएर काम गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुलाम मोहम्मदले जनताहरुको गुनासो सुन्न र आफूले गरेका कामहरुको समिक्षा गरी आगामी दिनमा जनताका जायज मागहरुलाई वडा सरकारले सुन्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा कृषि बिकास बैंक गढवाका निवर्तमान प्रबन्धक दयाराम यादव,दिपेन्द्र होमजुनका प्रधानाध्यापक लालबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चा गढवाका सचिव टुकमान कँवर, स्थानीय समाजसेवीहरु शारदा चौधरी, बिनोद योगी, रामलक्ष्मण शाह, महबुब अली लगायतकाले बोलेका थिए । सार्बजनिक सुनुवाइको सहर्जीकरण सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केपी घिमिरे र रेडियो साझा आबाजका प्रबन्धक दुखहरण यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे