देउखुरीकाे राजपुरमा माछा पुछ्रे बैंकको शाखा रहित बैंङ्किङ सेवा शुरु



देउखुरीकाे राजपुरमा माछा पुछ्रे बैंकको शाखा रहित बैंङ्किङ सेवा शुरु
टेकबहादुर पुन, राजपुर २३ पुस ।
माछापुछ्रे बैंकले राजपुर गाउँपालिकामा ग्राहक सेवा केन्द्र अन्तरगत शाखा रहित बैङकिङ सेवा शुरु गरेको छ । बिहीवार एक औपचारिक कार्यक्रमका बिच ग्राहक सेवा केन्द्रको उद्घाटन गरिएको छ । माछापुच्छ्रे बैंक लमही शाखाका प्रमुख मधुसुदन श्रेष्ठको अध्यक्षता तथा राजपुर गाउँपालिकाका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले गाउँपालिका क्षेत्रमा बित्तीय सेवाको सुरुवात हुनु सकरात्मक रहेको भन्दै खुसी व्यक्त गरे ।
उनले पछिल्लो समय धेरैजसो कारोबार बैङ्किङ प्रणालीबाट चल्न थालेको भन्दै सुरक्षा, पारदर्शीता र सहजताको लागि बैङ्किङ कारोबारबाट सहज हुने बताए । कार्यक्रमका बिशिष्ट अतिथि राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्माले स्थानीयलाई आर्थिक कारोबारकोे लागि बैंकको ग्राहक सेवा केन्द्रले सघाउने बताए ।
कार्यक्रममा माछापुच्छ्रे बैंक केन्द्रिय कार्यालय शाखा रहित सेवाका इन्चार्ज मुकुन्द भट्टराइ र बैंकका लुम्विनी प्रदेश प्रमुख नारायण केसीले ग्राहक सेवा केन्द्रको शाखा रहित सेवाबाट पाइने सेवा सुविधाको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा समाजसेवी भोगेन्द्र सिंह राजपुत, तुलीराम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राजपुरका प्रतिनिधि हरिराज धितालले स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोख्रेलले गरेका हुन ।
यसैविच राजपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गाप्रसद शर्माको खाता खोलेर ग्राहक सेवा केन्द्रको कारोबारको औपचारिक शुरुवात गरिएको छ । ग्रामिण क्षेत्रमा बैंङकिङ सेवा उपलव्ध गराउने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले पनि आफ्नो सेवालाई गाउँ केन्द्रित गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे