दाङकाे घोराहीमा आज साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन



दाङकाे घोराहीमा आज साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन

घोराही २३ पुस । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुले आज साँझ दाङमा प्रधानमन्त्री केपी शर्माको पुत्ला दहन गरेका छन् । घोराहीको तुलसीपुर चोकमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध चर्को नारा लगाउदै विद्यार्थी संगठन अनेरास्ववियु दाङले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

चण्ड–माधव पक्षको विद्यार्थी संगठनका केन्द्रीय सदस्य शन्तोष पाखरेलले प्रधानमन्त्रीको कदम नसच्चिएमा सडक आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिए । कार्यक्रमको सहजिकरण रबिन्द्र डाँगीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे