विद्यालयको निर्वाचनमा प्रचण्ड—माधव समुहको प्यानल पराजित



विद्यालयको निर्वाचनमा प्रचण्ड—माधव समुहको प्यानल पराजित

दाङ २२ पुस । पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नम्वर ६ श्रीगाउँमा रहेको पृथ्वी जनता माध्यामिक विद्यालय व्यवस्थापन समितिको चार सदस्यमा निर्वाचन भएको छ । बुधवार भएको निर्वाचनमा लिलाधर वली, कृष्णी खड्का, रिमा सुनाम र मोहन डाँगी सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचनमा दुई समुह बिच प्रतिष्प्रर्धा भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपा र काग्रेस पाटीको समर्थन रहेको प्यानल र प्रचण्ड—माधव नेतृत्व नेकपा पक्षको समर्थन रहेको प्यानल बिच भएको निर्वाचनमा ओली पक्ष र काग्रेस समर्थनको प्यानलले १८५ मत प्राप्त गरी विजयी छ भने प्रचण्ड माधब नेतृत्व नेकपाको समर्थन प्यानल पराजित भएको छ ।

प्रचण्ड—माधव पक्ष सर्मथन रहेको प्यानलले १२२ मत प्राप्त गरेको थियो । विद्यालयमा भएको निर्वाचनमा ३१५ मत खसेको थियो । निर्वाचित चार सदस्यबाटै अब विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे