सिप सिकेर समृद्धि ल्याउन सदस्य चौधरीको आग्रह



सिप सिकेर समृद्धि ल्याउन सदस्य चौधरीको आग्रह

दाङ २२ पुस । सिप सिकेर आत्मनिर्भर बन्दै आफ्नो जिवनमा समृद्धि ल्याउन बिघटित प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीले महिलाहरुलाई आग्रह गरे । बुधवार देउखुरीको गढवामा गढवा गाउँपालिकाले आयोजना गरेको संघिय सरकारद्धारा हस्तान्तरित सिपमुलक तालिम अन्तर्गत गाउँपालिका स्तरिय ढकिया बुनाई तालिमको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।

महिलाहरु जागरुक भएर सिप सिकेपछि स्वरोजगार बन्न सकिने र कला संस्कृतिको संरक्षण गर्न समेत ढकियाबुनाई तालिमको महत्व रहने उनकाे भनाइ थियाे । कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले महिलाहरुमा इमान्दारिता रहने भन्दै सिप सिकेर परिवार धान्न सहज हुने बताए ।  गतबर्ष पनि गाउँपालिकाले ढकिया बुनाईको तालिम राखेको र यसबर्ष पनि यसलाई निरन्तरता दिएको भन्दै उपाध्यक्ष चौधरीले महिलाहरुले उत्पादन गरेका ढकियाहरुलाई बजारीकरणमा आफूले सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट दहाल नेपाल समूह दाङका नेता सुरामणि बेल्बासे,मिना गुरुङ,रामप्रसाद चौधरी,गाउँपालिकाका प्रशासन प्रमुख पुनाराम शर्मा,महिला वालवालीका शाखाका कर्मचारी सुरेश पौडेल र वडा सदस्य कमला नेपाली लगायतको सहभागिता रहेको थियो । तालिम आयोजक संस्थाका अध्यक्ष मानु कुमालको अधयक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उत्तम चौधरीले  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे