तुलसीपुरमा बौद्ध गुम्बा बनाउने क्रममा खसेर चौधरी घाइते



तुलसीपुरमा बौद्ध गुम्बा बनाउने क्रममा खसेर चौधरी घाइते

तुलसीपुर २२ पुस । घर निर्माण गर्ने क्रममा खसेर तुलसीपुरमा एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका– ६ रजौरा निबासी ३८ बर्षका श्रीराम चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

तुलसीपुरको रानीजरुवा स्थित नम छु गुम्बाको भवन निर्माण गर्ने क्रममा बेलुकी साढे पाँच बजे खसेर चौधरी घाइते भएको प्रनि शर्मले बताए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे