तुलसीपुरमा बस पल्टिदा ६ जना महिला घाइते



तुलसीपुरमा बस पल्टिदा ६ जना महिला घाइते

तुलसीपुर, २२ पुस । तुलसीपुरको क्वाङीमा बस पल्टिदा ६ जना महिला घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङी निबासी ३१ बर्षकी गौरी चौधरी, २१ बर्षकी सम्झाना चौधरी, ३० बर्षकी जानकी चौधरी, ४० बर्षकी लक्ष्मी चौधरी, २० बर्षकी निर्मला चौधरी र ४० बर्षकी स्यानी चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । तुलसीपुरबाट क्वाङीका लागि छुटेको रा१ख ५१० नम्बरको बस साँझ साढे ७ बजे पल्टिदा उक्त दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे