तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा ८ जना आकांक्षी



तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा ८ जना आकांक्षी

तुलसीपुर २२ पुस । तुलसीपुर उद्योग वाणिज्यसंघको साधारणसभा तथा अधिवेशनको मिति टुंगो लागेको छ । तुलसीपुर उद्योग वाणिज्यसंघको मंगलवार बसेको नियमित बैठकले आउंदो २४ गते साधारणसभा र फागुन १ गते अधिवेशन गर्ने निर्णय भएको हो ।

साधारणसभा र अधिवेशनलाइ भव्य र सम्भ बनाउने विभिन्न्न उपसमितिहरु समेत गठन गरिएको छ । अतिथि सत्कारदेखि खाना व्यावस्थापन र होटल व्यावस्थापन र स्वागत उपसमितिहरु समेत गठन भइसकेको छ । संघको आसन्न निर्वाचनकालागि एक हजार ६ सय ५० भन्दा बढि व्यवसायीहरुले मतदान गर्ने छन् ।

साधारणसभामा नेपाल उद्योग वाणिज्यसंघका केन्द्रिय वरीष्ठ उपाध्यक्ष चन्द्र ढकाललाइ आमन्त्रण गर्ने तयारी पनि उद्योग वाणिज्यसंघले जनाएको छ । बैठकमा निवर्तमान अध्यक्ष विमल रिजालले व्यवसायीका हरेक समस्यालाइ बुझन सक्ने सक्षम नेतृत्वलाइ सर्वसम्मत चयन गर्न भूमिका रहने बताएका छन् ।

नयाँ नेतृत्वका लागि प्रयास

नयां नेतृत्वकालागी केहि व्यवसायीहरु आकांक्षि देखिएका छन् । नेपाली कांग्रेसको तर्फबाट अनुप कुमार श्रेष्ठ, ललितजंग शाह, पूर्ण चन्द्र धिताल तथा युवा व्यवसायी विनिल केसी पनि अध्यक्षका आकांक्षि रहेका छन् ।

त्यसैगरी नेकपा केपी समूहको तर्फबाट रामप्रसाद चालिसे, खगेन्द्र पोख्रेल तथा प्रचण्ड– माधव समूहको तर्फबाट मिनराज भण्डारी र रुपबहादुर खत्री आकांक्षी देखिएका छन् । तुलसीपुर उद्योग वाणिज्यसंघले निर्वाचनलाइ सर्वसम्मत बनाउनकालागी धेरै लचकता अपनाउंदै धेरै प्रयास गर्ने तयारी गरेको बताएका छन् ।

सर्वसम्मत नेतृत्व चयनकालागी पहिलो चरणमा कोर कमिटि बनाएर एक चरणको छलफल अघि बढाउने, त्यसपछि आएका निचोडलाइ आत्मसात गर्दै आधिकारीक सर्वपक्षिय/सर्वदलिय समिति बनाउने र त्यहि समितिको रायसुझावलाइ सवै व्यवसायीहरुले आत्मसात गर्नेगरी एउटा निर्णमा पुग्ने पनि उनको अभिव्यक्ति थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे